चार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विवरण माग

डिसी नेपाल
२० साउन २०८० ९:५३
288
Shares

काठमाडौं। संवैधानिक परिषद्ले महालेखा परीक्षकसहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि १५ दिने सूचना प्रकाशन गरेको छ।

परिषद्ले शनिबार एक सूचना सार्वजनिक गर्दै ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न विवरण माग गरेको जनाएको छ।

परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोगमा रिक्त एक आयुक्त तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगको एक-एक सदस्यका लागि अभिलेख संकलन गर्न लागेको हो।

नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् वा संवैधानिक परिषदको इमेलमार्फत् बुझाउन सक्ने सूचनामा उल्लेख छ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले यी रिक्त पदहरुका लागि १५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *