केदारनाथको गौरीकुण्डमा पहिरो, तीन जनाको मृत्यु, १९ बेपत्ता

डिसी नेपाल
२० साउन २०८० १०:०४
440
Shares

काठमाडौं । केदारनाथ धामको मुख्य विन्दु गौरीकुण्डमा अविरल वर्षापछि आएको पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । पहिरोले ३ वटा ढाबा पनि पुरिएका छन् ।

अविरल वर्षाका कारण चट्टान खसेको जानकारी राति नै प्राप्त भएलगत्तै एसडीआरएफसहित जिल्ला प्रशासनको टोली उद्धारका लागि घटनास्थल पुगेपनि राति राहत कार्यमा कठिनाइ भएपछि उद्धार कार्य रोकिएको थियो ।

आज बिहानबाट उद्धार कार्य सुचारु भएपनि लगातारको वर्षाले खोजी कार्यमा चुनौती खडा गरेको छ ।

मुख्यमन्त्री पुष्करसिंह धामीले विपद् नियन्त्रण कक्षमा पुगेर स्थितिबारे जानकारी लिएर आफूले निरन्तर अनुगमन गरिरहेको ट्वीट गरेका छन् ।

घटनाका सम्बन्धमा रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले भने, ‘हिजो राति करिब ११ः३० बजे केदारनाथ यात्रा मार्गको गौरीकुण्डको दात पुलिया नजिक पहिरो खसेको कन्ट्रोल रुमलाई जानकारी दिइएको थियो ।

“लगभग एक घण्टा भित्र एनडीआरएफ, एसडीआरएफ र डीडीआरएफ सहित पुलिसको टोली घटनास्थलमा पुग्यो। भारी वर्षाको बीचमा पहाडबाट ढुङ्गाहरू खसेका थिए, त्यसैले बिहान खोजी अभियान सुरु गरियो।”

उनले भने, “केदारनाथ यात्रा मार्ग गौरीकुण्ड दत्त पुलियानजिकै भीषण पहिरोमा परी बेपत्ता भएका १९ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ । खोजीका क्रममा हालसम्म ३ जनाको शव फेला परेको छ । जसको सनाखत भइरहेको छ ।”

उनले भने, ‘बेपत्ताको खोजी भइरहेको छ, तल खोलामा खसेको आशंका छ । यहाँ लगातार पानी परिरहेकोले समस्या भइरहेको छ । ३ वटा ढाबा पनि भग्नावशेषमुनि पुरिएका छन् । बेपत्ता हुनेको संख्या बढ्न सक्छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *