अवैध रूपमा छिरेका अमेरिकी सैनिकबारे पहिलो पटक उत्तर कोरियाले जानकारी दियो

डिसी नेपाल
२० साउन २०८० १०:०५
392
Shares

काठमाडौं । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङलाई पक्राउ गरेको पुष्टि गरेको छ । उत्तर कोरियाले अमेरिकी सैनिकको स्थितिसँग सम्बन्धित जानकारी साझा गर्ने संयुक्त राष्ट्र संघको अनुरोधपछि यो जवाफ दिएको हो।

यी २३ वर्षीय अमेरिकी सैनिक गत जुलाई १८ मा दक्षिण कोरियाको सीमा क्षेत्रमा घुम्दै उत्तर कोरिया प्रवेश गरेका थिए ।

यद्यपी, संयुक्त राष्ट्र संघको कमाण्डले उत्तर कोरियाबाट प्राप्त प्रतिक्रियाको बारेमा थप जानकारी दिन अस्वीकार गरेको छ र यसले उनको अमेरिका फर्कने प्रयासमा समस्या आउन सक्छ भनेको छ ।

तर, उत्तर कोरिया अब वार्ताका लागि तयार छ भन्ने प्रष्ट हुन्छ ।

उत्तर र दक्षिण कोरिया बीचको डिमिलिटराइज्ड जोनमा गस्ती गर्ने संयुक्त राष्ट्र कमाण्डले उत्तर कोरियाली सेनासँग प्रत्यक्ष फोन लाइन सेवा मार्फत अमेरिकी सैनिकको बारेमा जानकारी दिन अनुरोध गरेको थियो।

उत्तर कोरियाले यसअघि पनि यो अनुरोध प्राप्त गरेको पुष्टि गरेको थियो तर आफ्नो हिरासतमा अमेरिकी सैनिक रहेको पुष्टि गरेको यो पहिलो पटक हो ।

अझै पनि उत्तर कोरियाले सार्वजनिक रूपमा ट्राभिस किङलाई हिरासतमा राखेको कुरा गरेको छैन।

सीमा पार गर्नु अघि ट्राभिस किङले आक्रमणको आरोपमा दुई महिना दक्षिण कोरियाको जेलमा बिताए। उनी १० जुलाईमा जेलबाट छुटेका थिए ।

त्यहाँबाट अनुशासनात्मक कारबाही भोग्न उनी अमेरिका फर्किनुपर्ने थियो तर उनी एयरपोर्टबाटै डिएमजेड जान सफल भए।

ट्राभिस किङ जासुसीसम्बन्धी कामका विशेषज्ञ हुन् र जनवरी २०२१ देखि सेनामा कार्यरत छन्। उनी रोटेशन प्रक्रिया अन्तर्गत दक्षिण कोरियामा तैनाथ भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *