अरबौं माइल टाढा रहेको भ्वाएजर-२ सँग विच्छेद भएको सम्पर्क नासाले कसरी जोड्यो ?

डिसी नेपाल
२० साउन २०८० १४:४०
3.0k
Shares

काठमाडौं । नासाको अन्तरिक्ष यान भ्वाएजर–२ सँगको सम्पर्क पुनःस्थापित भएको छ । केही दिनअघि गल्तीका कारण भ्वाएजर-२ सँग नासाकोको सम्पर्क टुटेको थियो ।

शुक्रबार नासाका वैज्ञानिकहरूले गल्ती सच्याएपछि भ्वाएजर-२ पृथ्वीको सम्पर्कमा आएको छ । दुई साताअघि अर्बौं माइलको दूरीमा गहिरो अन्तरिक्षको खोजी गरिरहेको भ्वाएजर–२ ले पृथ्वीसँग सञ्चार बन्द गरेको थियो ।

वास्तवमा, नियन्त्रकहरूले यो ४६ वर्ष पुरानो अन्तरिक्ष यानलाई गलत आदेश पठाएका थिए, जसका कारण यसको एन्टेनाको दिशा पृथ्वीको अर्को तर्फ मोडियो।

बुधबार, नासाको डीप स्पेस नेटवर्कले एन्टेना आफ्नो ठाउँमा फर्किने आशामा धेरै आदेशहरू पठायो। भ्वाएजर-२ को एन्टेना दुई डिग्रीले सार्न आवश्यक थियो। भ्वाएजर–२ लाई सन्देश पठाउन अष्ट्रेलियामा रहेको शक्तिशाली रेडियो डिश एन्टेनाको सहयोग लिइएको थियो ।

यो कमाण्डलाई भ्वाएजर-२ पुग्न १८ घण्टाभन्दा बढी समय लागेको थियो। माण्ड म्यासेजले १२ अर्ब माइलको दुरी तय गरेको र फेरि पृथ्वीमा फर्किन १८ घण्टा लाग्यो भन्ने तथ्यबाट यसको दूरी अनुमान गर्न सकिन्छ।

यो प्रयास सफल भयो। शुक्रबार भ्वाएजर-२ ले फेरि डाटा पठाउन थाल्यो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *