पहिरोमा परी हालसम्म जर्जियामा १७ को मृत्यु, १८ बेपत्ता
जर्जिया। जर्जियाको पहाडी क्षेत्रमा रहेको एक रिसोर्ट क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। दुर्घटना भएको तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। अधिकारीहरुले अहिलेसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको बताएका छन्।
विदेशी सञ्चारमाध्यमका अनुसार बिहीबार जर्जियाको राजधानी टिबिलिसीबाट १४० किलोमिटर टाढा शोवी क्षेत्रमा पहिरो गएको हो। शोई क्षेत्र आफ्नो सौन्दर्यको लागी प्रसिद्ध छ।
यी क्षेत्रमा कुटेज र साना होटलहरू छन्। जर्जियाको आपतकालीन व्यवस्थापन सेवाका प्रमुख टेमुर मागेब्रिशभिलीले तीन दिन पछि शनिबार १७ जनाको मृत्यु भएको पुष्टि भएको बताए। १८ जना अझै बेपत्ता छन्।
मृतक १७ मध्ये सात जनाको मात्रै पहिचान भएको अधिकारीले बताएका छन् । अन्यको डिएनए मार्फत पहिचान हुनेछ । पहिरोको कारण सो क्षेत्रमा भारी मात्रामा बर्षा भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment