अफगानिस्तानमा ७० राजनीतिक दल माथि प्रतिबन्ध

डिसी नेपाल
१ भदौ २०८० ८:३६
40
Shares

काबुल। अफगानिस्तानमा राजनीतिक अधिकार क्रमशः खोसिँदै गएको छ। तालिबान शासनमा आएको बितेका २ बर्षमा राजनीतिक दलमाथि भारी मात्रामा प्रतिबन्ध लगाइएको छ।

अफगानिस्तानमा सत्तारुढ तालिबानले अर्को अलोकतान्त्रिक निर्णय गर्दै ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ। तालिबानका न्यायमन्त्री अब्दुल हकिम शरीले भने, ‘मुस्लिमहरूको जीवन शरिया कानूनमा आधारित छ, त्यसैले साँचो मुस्लिम समाजमा राजनीतिक दलहरूको लागि कुनै गुंजाइस् छैन।’

तालिबान सत्तामा आए पछि दर्ता भएका सबै ७० राजनीतिक दलहरूलाई त्यहाँकाे मन्त्रालयले प्रतिबन्ध लगाएको थियो र भनियो कि यी दलहरूले देशमा विभाजनको भावना सिर्जना गर्छन्।

खाडी मुलुकको उदाहरण दिँदै कानुन मन्त्री शेरीले भन्दै आएका छन कि खाँडी मुलुकमा राजनीतिक दल छैन, राजनीतिक दल नरहेकै कारण त्यहाँ समृद्ध छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *