भरूवा बन्दुकसहित एकजना पक्राउ

डिसी नेपाल
१ भदौ २०८० १३:५३
100
Shares

दोलखा। कालिञ्चोक गाउँपालिका-३ बुलासे बस्ने २० वर्षीय नवीन खत्रीलाई २ थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई राखिएको १ थान भरुवा बन्दुक र घर नजिकै बारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा थप १ थान भरूवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *