पाकिस्तानमा इसाई समुदाय विरुद्ध हिंसाको विषयमा अमेरिकाले के भन्यो ?

डिसी नेपाल
२ भदौ २०८० १०:२०
264
Shares

काठमाडौं । पाकिस्तानमा कुरानको कथित अपमानपछि क्रिस्चियन समुदायमाथि भएको हिंसाको आरोपमा हालसम्म १२८ जना पक्राउ परेका छन् । यो हिंसा फैसलाबादको जरनवाला तहसीलमा बुधबार भएको हो ।

पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले यो सम्पूर्ण घटनालाई देशको वातावरण बिगार्ने षड्यन्त्र भएको बताएको छ । यस विषयमा छानबिन गर्न उच्चस्तरीय समिति पनि गठन गरिएको छ ।

बीबीसी संवाददाता आसिया अन्सारसँग कुरा गर्दै पञ्जाब प्रान्तका आईजी डा उस्मान अन्वरले हाल उक्त क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको बताएका छन् । यहाँ ३५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ।

उनले घटनामा संलग्न १२८ जना पक्राउ परेको पनि पुष्टि गरेका छन् । क्षेत्रको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै धारा १४४ लागू गरिएको छ। यस प्रकरणमा अमेरिकाबाट प्रतिक्रिया आएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले यस विषयमा भने, “कुरानको कथित अपमानलाई लिएर पाकिस्तानमा गिर्जाघर र आवासीय क्षेत्रहरूलाई निशाना बनाएको घटनाप्रति हामी चिन्तित छौं।”

उनले भने, ‘हामी शान्तिपूर्ण ढंगले अभिव्यक्ति स्वतन्त्रता र जनताको धर्म पालन गर्ने अधिकारलाई समर्थन गर्छौं । कुनै पनि प्रकारको हिंसा वा हिंसाको धम्कीलाई अभिव्यक्तिको रूपमा स्वीकार गर्न सकिँदैन। हामी पाकिस्तान सरकारलाई यस विषयमा छानबिन गर्न अपील गर्दछौं।’

कुरानको कथित अपमानबाट आक्रोशित प्रदर्शनकारीहरूले एक दिन अघि जरानवालामा स्थानीय इसाई समुदायमा आक्रमण गरेका थिए। यसमा धेरै चर्च लगायतका घर, सरकारी भवनमा तोडफोड र आगजनी गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *