इसरोले चन्द्रयान–३ को अवतरणअघिको तस्बिर सार्वजनिक गर्दै सफ्ट ल्यान्डिङबारे बतायो

डिसी नेपाल
४ भदौ २०८० १५:००
688
Shares

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमबार अवतरण गर्नुअघि विक्रम ल्यान्डरको अवतरणको स्थान तय गरिरहेको तस्बिर सार्वजनिक गरेको छ ।

इसरोले सोशल मिडिया प्लेटफर्म एक्स मा लेख्यो, “यी चन्द्रमाको फार साइड क्षेत्रका तस्बिरहरू हुन् जसलाई ल्यान्डर हाजार्ड डिटेक्शन एण्ड एभाइडेन्स क्यामेराले खिचेको हो । यो क्यामेराले चन्द्रमाको सतहमा अवतरण गर्दा सुरक्षित अवतरण क्षेत्र पत्ता लगाउन मद्दत गर्छ अर्थात् चट्टान वा गहिरो खाडल नभएका ठाउँहरू पत्ता लगाउँछ।”

अगस्ट २३ मा चन्द्रयान–३ साँझ ६.०४ बजे चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ । इसरोले भारतलाई चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्ड गर्ने पहिलो देश बनाउने प्रयास गरिरहेको छ।

चन्द्रयान-३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उडेको थियो । ४० दिनको लामो यात्रापछि २३ अगस्टमा यो चन्द्रयानले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने प्रयास गर्नेछ ।

रुसले आइतबार प्रक्षेपण गरेको लुनाले दक्षिण ध्रुवमा क्र्यास ल्यान्डिङ गरेको थियो । अहिलेसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्डिङ भएको छैन ।

यसअघि इसरोले दुई पटक असफलताको सामना गर्नुपरेको थियो । चन्द्रयान–१ को मुन इम्प्याक्ट प्रोब चन्द्रमाको दक्षिणी ध्रुवमा दुर्घटनाग्रस्त भएको थियो । चन्द्रयान–२ को ल्यान्डरबाट सफ्ट ल्यान्डिङको अन्तिम मिनेटमा सिग्नल आउन छाडेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *