लिबियामा माफियाको कब्जामा फसेका १७ भारतीयहरू स्वदेश फर्किए

डिसी नेपाल
४ भदौ २०८० १५:४०
316
Shares

काठमाडौं । लिबियामा विगत ६ महिनादेखि फसेका १७ भारतीय आइतबार राति दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

तीमध्ये अधिकांश भारतीय पञ्जाब र हरियाणाका युवाहरू छन्, जो अवैध रूपमा इटाली जान खोजिरहेका थिए तर त्यसअघि नै लिबियामा फसेका थिए।

दिल्ली पुगेका राहुलले भने, ‘चार महिनाअघि एक एजेन्टले ठगी गरेर मलाई लिबिया पठायो । हामीमध्ये धेरै केटाहरू त्यहाँ माफियासँग फसेका थियौं। हामीलाई ४८–४८ घण्टा भोकै राखियो, कुटपिट गरियो । एक भारतीय केटाले फोन लुकाएर राखेका थिए । त्यो फोनबाट मैले राज्यसभा सांसद विक्रमजीत सिंह साहनी सरलाई म्यासेज गरेँ र उहाँ हामीसँग निरन्तर सम्पर्कमा रहनुभयो। धेरै मिहिनेत गरेर हामीलाई त्यहाँबाट निकाले । लिबिया भन्दा राम्रो त नर्क छ।’

लिबियामा फसेका केटाहरूलाई लिन एयरपोर्ट पुगेका राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले एजेन्टले १६ जना केटाबाट १३/१३ लाख रुपैयाँ लिएर इटालीमा जागिर दिने वाचा गरेको बताए ।

उनले भने, ‘केटाहरूलाई पहिले इटालीको नाममा दुबई लगियो, त्यहाँबाट इजिप्ट लगियो र अन्त्यमा लिबियामा छोडियो । मे २८ मा यी केटाहरूले मेरो अफिसका गुरदीप र निशान्तलाई सम्पर्क गरे र आफ्‍ना व्यथा सुनाए। केटाहरू माफियासँग थिए र हामीले देखेका भिडियोहरूबाट उनीहरू जिउँदै भारत फर्किन सक्छन् भन्ने विश्वास थिएन।

भारतीय केटाहरूलाई पहिले माफियाबाट छुटाएर एउटा होटलमा ल्याएको साहनीले बताए, जहाँबाट प्रहरीले उनीहरूलाई जेल लगेको थियो।

उनले भने, ‘लिबियामा भारतको दूतावास छैन, त्यसैले हामीले ट्युनिसियासँग कुरा गर्यौं तर उनीहरुले पनि सहयोग गर्न सकेनन् । हामीले कन्सुलर पहुँचको लागि संयुक्त राष्ट्र संघलाई अपील गर्यौं। धेरै मिहिनेत पछि केटाहरूलाई जेलबाट निकालेर अध्यागमन शिविरमा ल्याइयो। त्यसपछि हामीले नजिकको भारतीय दूतावासलाई सम्पर्क गर्यौं। उनीहरूले आफ्नो टिकट र सेतो पासपोर्ट बनाए, त्यसपछि यी केटाहरू दिल्ली पुग्न सक्षम भए।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *