इटाली पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
६ भदौ २०८० २१:३६
396
Shares

काठमाडौं ।  इटाली पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका–३ घर भइ हाल काठमाडौको कीर्तिपुर–५ बस्‍ने ५२ वर्षीय विष्णु रिषी पाण्डे रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

उनले पीडितलाई वैदेशिक रोजगाका लागि इटाली पठाइदिन्छु भन्‍दै पटक–पटक गरी ४ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *