लालु यादव ब्याडमिन्टन खेलेको भन्दै धरौटी रद्द गरेर जेल हाल्ने मागसहित सीबीआइ सर्वोच्च अदालत पुग्यो
काठमाडौं । सीबीआईले लालुप्रसाद यादवलाई दिएको जमानतविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ । सीबीआईले सर्वोच्च अदालतमा लालु यादवको जमानत खारेज गर्न माग गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार मुद्दाको सुनुवाइका क्रममा सीबीआईले सर्वोच्च अदालतलाई भनेको छ, “चारा घोटालाको मुद्दामा मेडिकल आधारमा जमानत पाएपछि लालु यादवले ब्याडमिन्टन खेलिरहे।”
लालु प्रसादका वकिलले हालै मिर्गौला प्रत्यारोपण गरेकाले जमानत रद्द गर्न नहुने भन्दै सीबीआईको निवेदनको विरोध गरेका छन् ।
यस मामिलामा लालुको तर्फबाट कपिल सिब्बल अदालतमा हाजिर भएका छन् । केही दिन अघि सामाजिक सञ्जालमा लालुप्रसादको एउटा भिडियो भाइरल भएको थियो ।
यो भिडियोमा लालु ब्याडमिन्टन खेल्दै देखिएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment