अष्ट्रेलियामा अमेरिकी सेनाको २० जना सैनिक सवार हेलिकप्टर दुर्घटना
काठमाडौं । अष्ट्रेलियामा सैन्य अभ्यासका क्रममा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त भएको खबर आएको छ । स्काई न्यूज अष्ट्रेलियाको रिपोर्ट अनुसार एक अमेरिकी हेलिकप्टर डार्विनको तटमा सैन्य अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको छ।
यसमा २० अमेरिकी मरीन सैनिक थिए। रिपोर्टका अनुसार यस दुर्घटनामा तीन सैनिक घाइते भएका छन्, जसमध्ये एक जनाको मात्रै अवस्था गम्भीर छ। स्काई न्यूजका अनुसार बिहान करिब ११ बजे ओस्प्रे हेलिकप्टर मेलभिल टापु नजिकै दुर्घटनाग्रस्त भयो।
यो हेलिकप्टर सैन्य अभ्यास ‘प्रिडेटर रन ड्रिल’ मा सहभागी भएको थियो । यसमा अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स र टिमोर–लेस्टेका सेना सहभागी छन् । रिपोर्टका अनुसार यो दुर्घटनापछि सैन्य अभ्यास रोकिएको छ।
यस सैन्य अभ्यासमा करिब २५ सय सैनिकले भाग लिएका थिए । यसमा ५०० अमेरिकी, १२० फिलिपिनो सैनिक, १२० इन्डोनेसियाली र ५० टिमोर-लेस्टे सैनिकहरू थिए। बाँकी सैनिकहरू अष्ट्रेलियाका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment