इरानमा हिजाब विरोधी गायकलाई कारबाही गरिने

डिसी नेपाल
११ भदौ २०८० १४:२१
20
Shares

काठमाडौं । इरानी अधिकारीहरूले देशका एक गायक विरुद्ध कानुनी कारबाही गर्ने निर्णय गरेका छन्।

गायक विरुद्ध उनले महिलाहरुलाई हेडस्कर्फ वा हिजाब नलगाउन प्रोत्साहन गर्ने गीत सार्वजनिक गरेको आरोप छ।

इरानको अदालतले मेहदी याराही नामक यी गायकले सार्वजनिक गरेको गीतका शब्दलाई अवैधानिक भनेको छ ।

मेहदी याराही एक इरानी गायक, संगीतकार र कार्यकर्ता हुन्।

उनको भर्खरै रिलिज भएको गीतको शीर्षक ‘रुसारितो’ हो, जसको अर्थ फारसीमा तिम्रो हिजाब हो ।

गत वर्ष २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबविरुद्धको विरोध प्रदर्शन जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *