पसल लुट्न आएका थिए लुटेरा, कोही पनि नडराएपछि एक्लै चिच्याउदै फर्किए

डिसी नेपाल
१२ भदौ २०८० १६:२१
5.2k
Shares

काठमाडौं । सामान्यतया पसलमा लुटपाटको अवस्था हुँदा त्यहाँ अराजकता हुन्छ वा यति मौनता हुन्छ कि डाँकाको आवाज मात्रै गुञ्जिन्छ । तर अमेरिकाको एटलान्टामा जे भयो त्यो अलि फरक थियो। यहाँ एक सैलुन लुट्न आएका डाँकालाई जे भयो उनले सपनामा पनि कल्पना गरेको थिएनन् होला ।

लुटपाटको प्रयासको यो भिडियो हेरेर डराउनुको सट्टा हाँसो उठ्नेछ । सैलुनको यस सीसीटीभी फुटेजमा पसलका कर्मचारीहरू केही ग्राहकहरूसँग बसेको देखिन्छ। यसैबीच एउटा लुटेरा चिच्याउदै भित्र पस्छन् र भन्छन्- सबैजना तल बस र चुपचाप सबै पैसा देऊ । उनले एउटा झोलामा हात राखेका थिए मानौं झोलामा बन्दुक थियो र उनले कुनै पनि बेला चलाउन सक्छन् ।

अचम्मको कुरा त के छ भने लुटेराको चिच्याहट र धम्कीबाट कोही डराएको देखिँदैन । बरु, रिसेप्शनमा उभिएको व्यक्ति यति आरामसँग बसेका देखिन्छन् कि फोनको घन्टी बज्दा केही भएको छैन जस्तो गरी उठाउँछन्। स्टोर मालिक र ग्राहकहरूले लुटेरालाई यसरी बेवास्ता गर्छन् जुन उनले कल्पना पनि गरेको थिएनन्। एउटी महिलाले बिस्तारै हात उठाइन् र लुटेराले उनको फोन खोसे तर उनी बिना डर ​​आरामसँग पसलबाट निस्किन् ।

यो बेवास्ता यति बढ्यो कि थाकेपछि लुटेरा चुपचाप खाली हात बाहिर निस्केर गाडीमा भागे । त्यहाँ नियमित ग्राहक लिसा ब्यारोले एक समाचार एजेन्सीलाई बताइन् कि स्टोरकी मालिक थोरै डराएको हुन सक्छ तर ग्राहकहरू नडराउन् भन्नका लागि चुपचाप बसेको हुन सक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *