सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ।
महासंघले आजको मूल्यसूची तोक्दै शुक्रबारको तुलनामा सुनको मूल्य १०० रुपैयाँले बढेको र चाँदीको १० रुपैयाँले घटेको जनाएको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ। शुक्रबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ थियो । जुन, आज आइतबार १४ सय ६० रुपैयाँमा आइपुगेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment