भन्सार छलिको मदिरासहित पाँच जना भारतीय नागरिक प्रक्राउ

डिसी नेपाल
७ असोज २०८० १९:०८
120
Shares

हेटौंडा। मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याएको ८ सय ५५ बोतल मदिरासहित पाँच जना भारतीय नागरिकलाई प्रक्राउ गरेको छ।

गत शुक्रबार र शनिबार चितवनबाट आउँदै गरेको भारतीय डीएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित पाँच जना भारतीय नागरिक पक्राउ परेकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्ट अगाडि सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा ग्रिन ह्वस्की ३७५ एमएलको ७ सय १५ बोतल र १८० एमएलको १ सय ४० बोतल गरी ८ सय ५५ बोतल मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यस्तै पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षीय बिक्की, २५ वर्षीय राहुल, २८ वर्षीय कुनाल, ३१ वर्षीय नहिम र ३७ वर्षीय राजु रहेका छन्। पक्राउ परेकाहरूलाई बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *