रिगललाई दिइएको आममाफीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

डिसी नेपाल
१८ असोज २०८० १७:०६
280
Shares

काठमाडौं। गुण्डा नाइके योगराज ढकाल रिगललाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश दिएको छ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सरकारलाई असोज २४ गते ५ बजेभित्र माफी दिइनुको कारणसहित लिखित जवाफ माग गरेको हो ।

गुण्डानाइके रिगललाई राष्ट्रपतिले संविधान दिवसको अवसरमा आममाफी दिएका थिए । आममाफीविरुद्ध रिगलले हत्या गरेका पीडित चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *