सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु
काठमाडौं। नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ। भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो
बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र.-३-०१-००१ग ३७०५ नम्बरको ७.५ ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो।
सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र-०२ -०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो।
ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। बिहीबार राति ट्रकले ठक्कर दिएको थियो भने उनको मृत्यु पनि बिहीबार राति नै उपचारका क्रममा भएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment