वीरगञ्जमा आफ्नै घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला

डिसी नेपाल
१९ असोज २०८० १७:४७
192
Shares

वीरगञ्ज । धारिलो हतियार प्रहार गरेको अवस्थामा आज वीरगञ्जमा एक महिलाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने पुनम देवीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

पुनमको शव शुक्रबार आफ्नै घरमा फेला परेको र टाउकोमा धारिलो हतियार प्रहार गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए।

घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि अनुसन्धानको लागि मगाइएको थियो। घरमा एक्लै बस्दै आएकी मृतकका श्रीमान् कामको शिलशिलामा र छोरा अध्यनको लागि भारतमा बस्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *