प्रधानसेनापति शर्मा बेलायत जाँदै
फाइल फाेटाे।
काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति आज बेलायत प्रस्थान गर्दैछन्। प्रधान सेनापती प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
उनी ६ दिनसम्म बेलायतमा नै रहने छन्। बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी आज बेलायत जाने भएका हुन्।
सो क्रममा प्रधानसेनापति शर्माले त्यहाँस्थित बेलायती गोर्खा सैनिकको मुख्यालय, रोयल कलेज अफ डिफेन्स स्टडिज्, रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको स्थलगत अवलोकन र भ्रमण गर्ने तथा क्याम्ब्रीयन पेट्रोलमा सहभागी टोलीसँग भेटबार्ता गर्नेछन्।
उनी असोज २७ गते स्वदेश फर्कने छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment