हेल्प नेपाल नेटवकद्वारा बझाङका भूकम्प पीडितलाई राहत उपलब्ध
काठमाडौं। क्षेत्रमा सामाजिक क्षेत्रमा काम गर्दै आएको हेल्प नेपाल नेटवर्कले बझाङ भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्र उपलब्ध गराएको छ।
हेल्प नेपाल नेकवर्कका अध्यक्ष अरुणसिंह बस्नेतका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पाल र औषधि उपलब्ध गराइएको हो। हेल्प नेपालले वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीमार्फत भूकम्प प्रभावित क्षेत्रमा औषधि र पाल उपलब्ध गराएको हो।

उक्त राहत सामाग्र गत शुक्रबार हेल्प नेपाल नेटवर्कका सदस्यसचिव लता घिमिरेले देउडा गायक जोशीलाई हस्तान्तरण गरेकी थिइन्।
बझाङमा गएको भूकम्पमा परी सयौं घर भत्किएका छन् भने दर्जन भन्दा बढी मानिस घाइते भएका छन्।
भूकम्पमा परी एक जनाको ज्यान गएको छ। राज्यका निकायले बेलैमा राहत पुर्याउन नसक्दा भूकम्प प्रभावित क्षेत्रमा मानिस खुला आकाशमुनी बस्न बाध्य छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment