प्रधानाध्यापकविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
२१ असोज २०८० २२:१८
252
Shares

काठमाडौं। बर्दिया राजपुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १४ हजार पाँच सय घुस लिएको आरोपमा प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनका लागि घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रवक्ता दाहालका अनुसार १४ हजार पाँच सय बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *