तिलिचो पुगेका भारतीय पर्यटकको मृत्यु

डिसी नेपाल
२४ असोज २०८० २२:१२
48
Shares

लमजुङ । तिलिचो ताल पुगेर फर्किएका एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु भएको छ। मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसार क्षेत्रमा पर्ने माथिल्लो श्रीखर्कको टोडाँडाको बाटोमा भारतीय युवकको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ।

भारतको केरल घर झएका ३५ वर्षीय मोहम्मद रजिम चेत्तियन क्यान्डी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। मंगलबार राति तिलिचो बेसक्याम्पमा आएर बसेको र बुधबार बिहान हिँड्दा हिँड्दै बाटोमै मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *