आइक्यापको बैठक काठमाडौंमा हुँदै
फाइल
काठमाडौं । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को ४०औँ स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदै छ ।
नेकपा (एमाले) परराष्ट्र मामिला विभागका प्रमुख तथा आइक्यापका स्थायी कमिटी सदस्य डा राजन भट्टराई कार्यक्रममा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञहरूका बीचमा विभिन्न समसामयिक विषयमा प्रस्तुति तथा छलफल हुने जानकारी दिए ।
उनका अनुसार उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत विभिन्न मुलुकका २६ वटा राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहने छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौंको गोकर्ण रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने बैठकको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने छ । एमाले विदेश मामिला प्रमुख डा भट्टराईका अनुसार बैठकमा सहभागी हुने प्रतिनिधि नेपाल आउने क्रम जारी छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment