गठबन्धन केहि नेताको ‘प्राइभेट क्लब’ जस्तो भयो : गगन थापा
फाइल फाेटाे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लब जस्तो भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरे।
‘गठबन्धन पनि विस्तारै ४/५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ। म कांग्रेसको महामन्त्री छु। बेला–बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु। त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment