कोशी कांग्रेस संसदीय दलको नेताबाट उद्वव थापाले दिए राजीनामा

डिसी नेपाल
२७ असोज २०८० १५:२०
640
Shares

काठमाडौं। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले पदबाट राजीनामा दिएका छन्। उनले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

कोशी प्रदेश कांग्रेस संसदीय दलको चुनावमा आफैसँग चुनाव हारेका केदार कार्की मुख्यमन्त्री बनेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन्।

संसदीय दलको नेतामा आफूसँग पराजित भएका कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको भन्दै  उनले पदमा रहन नैतिक रूपमा  अशोभनिय रहेको बताए ।

कार्की कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद्को समर्थनमा आज मुख्यमन्त्री नियुक्त भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *