राजादेखि विप्लवसम्म अटाउने व्यवस्था आवश्यकः कमल थापा
ललितपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि विप्लव माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप संकटमा फस्ने चेतावनी दिएका छन्।
थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै ब्यबस्था परिवर्तन गर्ने बताए।
मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी ,धर्मपरिबर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउदै थापाले जनता जागे पछि कसैको केही नलाग्ने जिकिर गरे । ‘जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हाबी छ, भ्रष्टाचारले सिमा नागेको छ,यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले विकल्प खोज्छन्’, थापाले भने ।
देशको स्वाधिनता र स्वाभिमान कमजोर भन्दै थापाले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्त सरकारले स्वाधिनताको रक्षा गर्न नसक्ने दाबी गरे । राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुकुकको ब्यबस्था र अबस्था परिबर्तन गर्न अगाडी बढ्ने स्पष्ट पार्दै थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निशेधको अनुभुती गर्नु नपर्ने ,सबैलाई सम्मान हुने बताए ।
लोकतन्त्र ,हिन्दुत्व,सुशासन र समृद्धिको बाटोबाट मुलुकलाई अगाडि बढाईने हुँदा अब सबै नेपाली जनताको साथ र सहयोगमा आन्दोलन केन्द्रित हुन र सहयोगको निमित्त जनमानसमा आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, भाष्कर भद्रा, श्याम धिमिरे, श्याम नेपाल ,सुदर्शन केसी लगायतले बोलेका थिए ।







डिसी नेपाल








Facebook Comment