सोमबार धनगढीमा समाजवादी मोर्चाको कार्यक्रम, प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने

डिसी नेपाल
२७ असोज २०८० १८:४९
32
Shares

धनगढी। समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार धनगढी आउने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका धनगढी आउन लागेका हुन्।

आइतबार नेपालगन्जको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री सोहि दिन धनगढी जाने कार्यक्रम रहेको छ। यसअघि धनगढीमा हुने भनिएको मोर्चाको भेला दुई पटक स्थगित भएको थियो।

एकपटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद  र  एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण भेला स्थगित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.