कोशीमा मुख्यमन्त्री कार्कीसहित दुई मन्त्रीले लिए शपथ
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
साथै दुई मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कांग्रेसका शमशेर राई र एमालेका राम रानाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। दुवै मन्त्री हाल विनाविभागीय छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment