कञ्चनपुरबाट अफिमसहित एक जना पक्राउ

डिसी नेपाल
२८ असोज २०८० १९:२५
48
Shares

धनगढी। कञ्चनपुरबाट अफिमसहित एक जना भारतीय सरदार पक्राउ परेका छन्।

शनिबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई अफिमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल प्रवेश गरेका सरदार दलीप सिंह रहेका छन्।

उनी पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेका थिए। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख इन्सपेक्टर हेमराज भट्टले यस विषयमा थप अनुसन्धान भइरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *