न्यायालयप्रति आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ
ललितपुर। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयको सुधारमा निरन्तर लागिरहेको बताएका छन्।
आइतबार ललितपुरमा उच्च अदालत पाटनको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउनका लागि न्यायालयको सुधारमा निरन्तर लागिरहेको बताएका हुन्।
उनले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्ने र भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्ने धारणा राखे।
उनले दुई वर्ष पुराना मुद्दा किनारा लगाउने उद्देश्यले अभियानकै रुपमा काम गरिरहेको पनि बताए। रिक्त भएका तीनवटै तहका न्यायालयमा न्यायाधीश नियुक्ति प्रक्रिया प्रारम्भ भएको उनको भनाइ छ।
रु ५८ करोडको लागतमा बनेको भवनमा १२ वटा इजलास कक्षको व्यवस्था गरिएका उच्च अदालत पाटनले जनाएको छ।







डिसी नेपाल







Facebook Comment