गगन–विश्वप्रकाश भन्छन्-कोशीको राजनीतिक घटनाक्रमको जिम्मेवारी सभापतिले लिनुपर्छ
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्।
सोमबार कोशी प्रदेशको घटनाक्रममा विषयमा पार्टी सभापति देउवाले बोलाएको छलफलका क्रममा थापा र शर्माले कोशी प्रदेशमा भएको दुर्घटनाको आत्मसमिक्षा गर्दै त्यसको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन्। छलफलका क्रममा कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
कोशीमा एमालेसंगको गठबन्धनमा सरकार बन्नुपर्छ भन्नेमा महामन्त्रीद्वयको यसअघि नै धारणा रहेको उहाले बताए । उनले यसअघि एमालेको मुख्यमन्त्रीलाई नै सहयोग गर्नुपर्छ भन्ने आफुहरुको सुझाव नमान्दा अहिलेको अवस्था आएको जिकिर गरे।
माओवादीका नेता इन्द्र आङ्वोलाई कोशीको मुख्यमन्त्रीमा सभापतिले प्रस्ताव गर्दा नै आफुहरुको असहमति गरेको उनले बताए। शर्माले प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाबीच सहमतिलाई चिर्कटो भएको भन्दै त्यसमा पनि दुई महामन्त्रीको सहमति नरहेको स्पष्ट पारे।
कोशीको घटनाक्रमपछि आफ्नो निर्णयको बारेमा सभापति देउवाले आत्मसमिक्षा गर्नुपर्ने बताए । घटनापछि अहिलेको मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने मत रहेको उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment