एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद गुम्यो

डिसी नेपाल
३० असोज २०८० ११:५४
920
Shares

काठमाडौं। रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ। एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो।

एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो।

एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *