काठमाडौंको गैरीगाउँस्थित पेट्रोल पम्प सिल

डिसी नेपाल
३० असोज २०८० १८:१२
732
Shares

काठमाडौं । उपत्यका भित्र रहेका पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय, आयल निगम लगायतले संयुक्त रुपमा अनुगमन गरेको छ ।

पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेको पेट्रोल पम्पमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा काठमाडौंको गैरीगाउँको भ्याली बाबा सप्लायर्सबाट कम परिमाणको तेल बिक्रि वितरण गरेको पाइएपछि पेट्रोल पम्पको एउटा नोजललाई शिल गरिएको छ । परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य बिनोद न्यौपानेले जानकारी दिए ।

चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगि हुन सक्ने भएकाले अनुगमन गरिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *