प्रधानमन्त्री दाहाल मुस्ताङ प्रस्थान

डिसी नेपाल
१ कार्तिक २०८० ७:३१
80
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ प्रस्थान गरेका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री दाहाल बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन्।

हिजो साँझ मात्रै अचानक अस्वस्थ्य भएको महशुश पछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेका थिए। छातीमा असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएको उनको अवस्था सामान्य भएको अस्पतालले जनाइसकेकाे छ।

‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उनको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको’ जनाए पछि उनी बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *