गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात

डिसी नेपाल
२ कार्तिक २०८० ९:२३
4.6k
Shares

काठमाडौं । काठमाडौं। चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेका छन्। छातीमा समस्या देखिएपछि गए राति उनलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

मन्त्री श्रेष्ठको अवस्था हाल सामान्य रहेको पनि प्रेस सल्लाहकार गिरिलेे बताए। उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’ भएको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका छन्। चीनको वेइजिङमा बिआरआई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन उनी चीन गएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.