दलीय भागबण्डा र चरम भ्रष्टाचारबाट जनता आजित भए : पूर्वराजा ज्ञानेन्द्र

डिसी नेपाल
३ कार्तिक २०८० २०:०३
304
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले देशको दूरवस्थाप्रति चिन्ता प्रकट गरेका छन्। अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनले बताएका छन्।

विजया दशमीकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वा राजा ज्ञानेन्द्रले डेढ दशक यताका अवधिमा नेपालीमा उत्साहमा छैनन् र हर्ष नभएकाे उल्लेख गर्दै व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएकाे बताएका छन्।

यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ विहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन? भन्दै प्रश्न समेत गरेका छन्।

‘हाम्रो एकतिहाइ जनसंख्या देश बाहिर छ। विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा छ। महँगी, रोग, शोक, र भोकको ताप छ। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्। हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ। लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍याे, न सुधार आयो। हाम्रो देश झन झन खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, शहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ,’ सन्देशमा भनिएकाे छ।

पूर्वाराजाले भनेका छन्, ‘जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ। देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन हाम्रो यही चाहना हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.