कारबाही फुकुवा गरेकालाई स्वीकार गर्न महोत्तरी कांग्रेसको आनाकानी
महाेतरी। कांग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ।
महोत्तरी क्षेत्र न.१ कांग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पार्टीको बिधानसम्मत नभएको भन्दै विज्ञप्ति जारी गरे पछी निराशा छाएको हो। यसअघि केन्द्रीय अनुशासन समितिले कारवाही गरेका सवैजनालाई पुर्ववत् पदमा नै रहने गरी फुकुवा गरेको थियो।
कारवाही फुकुवा पछि पूर्ववत् पदको जिम्मेवारी समाल्ने खुसीमा आसन्न चाडपर्वको शुभकामना कार्यक्रम ३ असोजमा राखेतापनी क्षेत्र न.१ कांग्रेसले उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएकाे थियाे।
पूर्वनगर सभापति रहेका युवराज पोखरेलले पाटीको नाममा काटेको पत्र पूर्णरुपमा अबैधानिक रहेको बताउँदै क्षेत्रीय सभापति महेश झाले भ्रमपूर्ण पत्रको पछाडि नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन्।
केन्द्रीय कार्यसमितिको निर्णय अनुसार निर्बाचित जनप्रतिनिधि बाहेक ९ जनाको मात्र कारबाही फुकुवा गरेको र युवराज पोखरेलको बिषयमा कारवाही फुकुवा समेत नगरेको महोत्तरी कांग्रेसको दावी छ।
पार्टीको बदनाम हुनेगरी कुनै बैधानिकता नभएका पोखरेलले काटेको चिठी भ्रमपूर्ण रहेको भन्दै सभापति झाले उक्त कार्यक्रम पाटीको आधिकारिक नभएको जिकिर गरेका थिए।
तर कारवाही फुकुवापछि पूर्ववत् पद सभापतिको रुपमा नै रहेका युवराज पोखरेलले भने केन्द्रीय अनुशासन समितिको निर्णय सर्वमान्य भएको बताए। पार्टीको विधानअनुसार नै कारवाही फुकुवा भएता पनि क्षेत्रीय सभापति महेश झाले नगर कार्यसमिति माथि हस्तक्षेप मात्र गर्न खोजेको सभापति पोखरेलको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment