६१ किलो सुन तस्करी प्रकरण : थप अनुसन्धान गर्न डिएसपीको नेतृत्वमा छुट्टै टोली गठन

डिसी नेपाल
६ कार्तिक २०८० १८:३०
548
Shares

काठमाडौं। नेपाल प्रहरीले ६१ किलो सुन प्रकरणमा थप अनुसन्धान गर्न डिएसपीको नेतृत्वमा छुट्टै टोली बनाएको छ। सरकारले सुन अनुसधान समित बनाएको भएपनि त्यसलाई सहयोग गर्न र अनुसन्धान अझै बाँकी नै रहेकाले प्रहरीले छुट्टै टोली बनाएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले डिएसपी डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा पाँच सदस्य अनुसन्धान टोली बनाएको हो। अब यस टोलीले ६१ किलो सुन प्रकरणमा थप अनुसन्धान गर्ने सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

साउन २ गते बरामद भएको सुन प्रकरणमा २९ जनालाई प्रतिवादी बनाइएको छ। सीआइबीले यस प्रकरणमा ३५ दिनसम्म अनुसन्धान गरेको थियो। प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगोदाबी गर्दै मुद्दा दायर भएको थियो।

जिल्ला अदालत काठमाडौंले २५ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको छ। प्रहरीले ६१ किलो सुन बरामद गरे पनि ३६२ किलो सुन सोही समुहले नेपाल ल्याएको र भारततर्फ पठाएको अनुसन्धानमा देखिएको थियो। बाँकी ३०२ किलो सुन कहाँ गयो, को को संलग्न थिए? भन्ने विषयमा थप अनुसन्धान भण्डारी नेतृत्वको टोलीले गर्नेछ।

प्रहरीको अनुसन्धानमा सुन हङकङबाट तस्करी गरी ल्याउने गरेको देखिएको थियो। चिनियाँ नागरिक मिस्टर लिन र मिसेस् लि तथा अन्य तीन जनाले हङकङबाट कार्गोमार्फत नेपालमा सुन पठाउने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

साउन २ गते हङकङबाट ब्रेक शु रेडी ट्रेडर्स कम्पनीको नाममा आएको थियो। कम्पनीका सञ्चालक दिलिप भुजेललगायतका अन्य समूह रहेका छन्। राजस्व अनुसन्धान विभागले भुजेललाई तत्कालै पक्राउ गरेको थियो ।

तर अनुसन्धानका क्रममा उनको हैसियत कम्पनी खोलेर विदेशबाट सामान आयात गर्ने खालको नदेखिएपनि अदालतले उनलाई पनि पूपक्षका लागि थुनामा पठाएको छ। भुजेलको कागजपत्र प्रयोग गरेर सुन तस्करीका लागि कम्पनी खोलेको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

तस्कर समूहले सुन ल्याउन विभिन्न ७ वटा कम्पनी खडा गरेका थिए। सरिता तामाङको नाममा सरिता सप्लायर्स, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रिक सप्लायर्स, राम भुजेलको नाममा पावटी इलेक्ट्रिक सप्लायर्स, कुमार भुजेलको नाममा हवार्ड इलेक्ट्रिक, राम भुजेलको नाममा भुजेल इलेक्ट्रिक लगायत सातवटा कम्पनी सुन तस्करीको प्रयोजनकै लागि खोलेका थिए।

सातमध्ये ६ वटाले हङकङबाट मगाएको सामानभित्र सुन आएको देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.