प्रधानमन्त्री दाहाल बिहीबार रुकुमपश्चिम जाँदै

डिसी नेपाल
८ कार्तिक २०८० १६:४२
80
Shares

काठमाडाैं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बिहीबार रुकुमपश्चिम जाने भएका छन्। जिल्लाको बाँफिकोट गाउँपालिका-६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री दाहाल रुकुमपश्चिम जाने भएका हुन्।

मेला आयोजक समितिका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार सहिदहरुको सम्झनामा लाग्दै आइरहेको मेला उद्घाटनका लागि प्रधानमन्त्री जाने पक्का भएको हो। उक्त मेला २०५७ सालदेखि लाग्दैआएको छ।

मेलाको उद्घाटनसँगै प्रधानमन्त्री दाहाल माओवादी केन्द्रको तीनमहिने विशेष रूपान्तरण अभियानको कार्यक्रमका लागि समेत रुकुमपश्चिम जान लागेका हुन्।

माओवादी केन्द्र रुकुमपश्चिमका जिल्ला संयोजक गोविन्द रोकाका अनुसार रुपान्तरण अभियानका लागि ७ प्रदेशका ७ वडामा पुग्ने प्रधानमन्त्रीको कार्यक्रम थियो। बिहीबार बिहान हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल रुकुमपश्चिम जाने र भोलि नै फर्किने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.