भरतपुर महानगरकी मेयर दाहाल र रसियान राजदुत नोभिकोभबीच भेट
भरतपुर। भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको छ। भरतपुर भ्रमण बर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले बिहीबार राजदूत नोभिकसँग भेटवार्ता गरेकी हुन्।
नेपाल स्थित रसियान दूतावास परिसरमा भएको भेटमा द्विपक्षिय हितको विषयमा कुराकानी भएको थियो। भेटका क्रममा भरतपुरका मेयर रेनु दाहाले रसियासँग सहकार्य गर्ने आफ्नो ईच्छा रहेको व्यक्त गर्दै राजदूत असेक्सेई नोभिकोभलाई भरतपुरको समग्र विकासका लागि सहयोग गर्न आग्रह गरिन्।
रसियासँग सहकार्य गर्न इच्छुक छु, भरतपुर विकास मोडलमा अगाडि बढीरहेको छ, फ्लाई ओभर,रिगं रोड विस्तारसँगै ,शिक्षा,स्वास्थ्य, पर्यटनको क्षेत्रमा लगानी आवश्यक छ मेयर दाहालले भनिन्, ‘भरतपुरको समग्र विकासका लागि सहकार्य सहकार्य गर्न आग्रह गर्दछु।’
उनले भरतपुर सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन्।
भेटमा राजदूत असेक्सेई नोभिकोभले मेयर रेनु दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए।
उनले रसियाले भरतपुरको विकास र चर्चा नजिकबाट नियालीरहेको बताउँदै भरतपुरको विकास मोडलमा आफू सहकार्य गर्न तयार रहेको बताए। उनले भरतपुरमा शिक्षा, कृषि,पर्यटन र पूर्वाधार विकासमा रसियाले सहकार्य गर्न ईच्छुक रहेको स्पष्ट पनि पारे।
उनले भरतपुरमा मेटो रेल, फ्लाई ओभर,सडक, रिङरोडको पूर्वाधार र शिक्षामा सतप्रतिशत छात्रवृत्तिमा पहिलो चरणमा सहकार्य गर्न ईच्छुक रहेको बताए। चाडैँ भरतपुर महानगरमा आएर रसियाका शरहरसँग भागिनी सम्बन्ध र पूर्ण छात्रबृद्धि कार्यक्रमका लागि सम्झौता गर्ने बताए।
भरतपुरको स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको समेत बताए। मेयर दाहालले भरतपुरले सन् २०२४ लाई भमण बर्षको रूपमा मनाउन लागेको जानकारी दिँदै भमणको निम्ता समेत दिइन्। महानगरपालिका भित्र रहेका ३० वटा गन्तव्यको प्रचार प्रसार र प्रबद्र्धन गर्दै भ्रमण वर्ष २०२४ मनाउन लागेको हो।







डिसी नेपाल








Facebook Comment