सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराई निलम्बित
काठमाडौं। सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाकी एक महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान लागि डिएसपी भट्टराईलाई निलम्बन गरिएको हो।
‘महिला प्रहरीलाई अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेका हुन्’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले भने। प्रवक्ता कडायतका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्।
हाल भट्टराईको ठाउँमा डीएसपी रवीन्द्र खनाललाई पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment