मधेसमा सञ्जिला कुमारी यादवलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

डिसी नेपाल
१३ कार्तिक २०८० १८:३५
36
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेशसभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।

बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारले जानकारी दिए ।

बैठकमा संसदमा रहेको विभिन्न विधेयकहरुमाथि पनि छलफल भएको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.