कविता: अस्तित्वको खोज 

शंकरप्रसाद रिजाल
२७ कार्तिक २०८० १३:०२
80
Shares

सारा अश्तित्व छ आकाशमा

बस्तुजति यो धर्तीमा

धर्तीको यो गोल भूगोलमा

हामी यतै कतै छौं आँगनमा

देखिन्छ आकाशमा त्यो तत्व

छुन कहिल्यै नपाउने

अदृश्य शक्तिको त्यो भेद

बुझ्न केही नपाउने

धर्ती बोल्छ ममा नै छ

सर्वसर्वा म झैं गरी

तर अन्त्यमा नासिने त्यै छ

फेरिपनि कसै गरी

बस्तुले तथ्य छोपिँदा

तथ्य कैले  नखुलने

ठोक्किँदा दुई ढुंगा बीच

शालिग्राम भइ  जन्मिने

धर्तीको स्वर्ण भूमिमा

छ बिस्तार पञ्चतत्वको

त्यही पञ्चतत्व नै प्राण

प्रत्येक जीव जीवको

नदेखिने भई बस्छ

अश्तित्व जीवमा सधैं

त्यही अश्तित्वले जन्माएको

हामीलाई यही धर्तीमा सधैं

त्यही अश्तित्वलाई नै फेरि

निरन्तर खोजी खोजी

हिँडेका छन् धर्तीमा जीव

दुई आँखा मिची मिची

सक्तैनन् साधारण जीवले कहिल्यै

अश्तित्व चुमनै यहाँ

न धरतीको गइराहीमा

पुग्न नै सक्छन्

न आकासको नभमा छुन नै

यही चुम्न र पुग्न

नसकिने तत्वको खोजलाई

नै खोज  भनिन्छ।

तसर्थ हेर! हे मनुष्यहरु हो

जीवन त एउटा खोज नै हो

यही खोजमा पुग्न खोजे

बुद्ध अस्तित्वमा

र त्यो गइराहीमा पनि

आखिर पुगे श्वज्ञानमा फेरि

उही प्रज्ञामा विलीन भई

उही सागरमा विलीन भै

गए उनी कहिल्यै नफर्किने गरी

त्यसैले त, कोही फर्केनन्

अश्तित्व चुमनेहरु

फर्केनन् कोही फर्केनन्,

गइराहीमा पुग्नेहरु


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *