सेयर बजार दोहोरो अंकले बढ्यो
काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ।
तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो ।
बुधबार ४३ हजार ५८३ पटक कारोबार हुँदा ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment