एमालेको पदयात्रा आज अमरगढी पुग्ने

डिसी नेपाल
१५ मंसिर २०८० ६:५२
52
Shares

काठमाडौं। बिहीबारबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आज अमरगढी पुग्दैछ। बिहीबार झुलाघाटवाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी बिहीबार बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते चिवा भञ्ज्याङमा पुगेर समापन हुँदैछ।

‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिइएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *