डडेलधुराबाट देउवालाई ओलीको फोन-तपाईंको जिल्ला आएको बेला सम्झेको नि

डिसी नेपाल
१५ मंसिर २०८० १०:३१
164
Shares

काठमाडौं। झुलाघाट-चिवा भञ्ज्याङ मध्यपहाडी संकल्प यात्राको क्रममा डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेलधुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन्।

नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा डडेलधुरा पुगेका ओलीले देउवालाई फोन गरेका हुन्।

ओली देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौं। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भने। ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ उनले भनेका छन्।

ओलीले देउवासँग काठमाडौंतिरको हालखबर सोधेका छन्। देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *