सुनको भाउ दुई दिनमै ३२०० रुपैयाँले घट्यो
काठमाडौं। सुनको भाउ ओरालो लाग्न थालेको छ। मंगलबार २४ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ८०० रुपैयाँले घटेको छ।
बुधबार तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार र बुधबार गरेर सुनको भाउ ३२ सय रुपैयाँले घटेको हो। यस्तै बुधबार चाँदीको भाउ तोलामा नै २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment