९ वर्षीया बालिका बलात्कारको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ
तनहुँ। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ।
सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment